अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

काँग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

बिआरटीनेपाल २०७६ माघ २ गते ७:१८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न भन्दै भोलिका लागि संसदीय दलको बैठक बोलाएको छ । सभामुख चयन प्रक्रियामा देखिएको विवाद, एमसीसी बारेको प्रक्रियालगायतका विषयमा संसदीय दलमा छलफल गर्न लागिएको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको बारेमा पनि बैठकमा छलफल गरिने उहाँको भनाइ छ । काँग्रेस संसदीय दलको बैठक भोलि दिउँसो साढे १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू