अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

भारतमा रहनुभएका कांग्रेस वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता

बिआरटीनेपाल २०७६ माघ १ गते ६:४१ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहका बीचमा भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका लागि सोमबार भारतको नयाँ दिल्ली पुगेका पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्ष समेत रहेका सिंहसँग बुधत्रचर नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको हो ।

भेटवार्तामा नेपाल–भारतबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । साथै पौडेल र सिंहका बीचमा नेपालको पछिल्लो राजनीति अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू