अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

सभामुखका लागि आफूहरु तयार रहेको काँग्रेस सभापतिको भनाई

बिआरटीनेपाल २०७६ माघ १ गते ६:३७ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताउनुभएको छ । उहाँले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गर्नुभयो ।

नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ, उहाँहरु मिल्दै, मिल्नुहुन्न भने हामी चलाइदिन्छौ सभामुख, तर संसदलाई बन्धक बनाउन मिल्दैन’ उहाँले भन्नुभयो । उहाँले चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह पनि गर्नुभयो ।

आज बिराटनगरमा आयोजित कार्यक्रममा सभापति देउवाले सत्तापक्षका नेताहरुबीच नै विवाद कायम रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने धारणा पनि राख्नुभयो । पार्टी सभापति देउवाले केन्द्रीय समितिको बहुमतले निर्णय गरेको पार्टीको महाधिवेशनको समय अब कुनै पनि हालतमा परिवर्तन नहुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू