अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

ताइवान स्वतन्त्र राज्य रहेपनि चीनबाट खतरा – राष्ट्रपति वेन

बिआरटीनेपाल २०७६ माघ १ गते ६:३६ मा प्रकाशित

ताइवानका राष्ट्रपति त्सई इंग वेनले चीनले टाप देशहरुलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै उहाँले चीनले ताइवान स्वतन्त्र राज्य रहेपनि चीनबाट खतरा रहेको टिप्पणी गर्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि ताइवानमाथि सार्वभौमिकता दावी गरिरहेको र आवश्यक परे आफूले बल प्रयोग गरेर ताइवानलाई लिनसक्ने चीनले बताउँदै आएको छ । नवनिर्वाचित राष्ट्रपति वेनले ताइवान स्वायत्त राज्य रहेकाले त्यसतर्फ आँखा नलगाउन चीनको ध्यानाकर्षणसमेत गराएको बीबीसीले जनाएको छ ।

पछिल्ला वर्षहरुमा एक चीनको अवधारणा एक उपयोगी सम्झौता सावित भएको ताइवानका समर्थकहरुको दावी छ । उनीहरुले चीनले ताइवानसँगको आर्थिक सम्बन्ध निर्माणका लागि लचिलो हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू