अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

भन्सार छली गरेर ल्याइएका ३५ लाख मूल्य बराबरका मोबाइल बरामद

बिआरटीनेपाल २०७६ माघ १ गते ६:३६ मा प्रकाशित

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ३५ लाख मूल्य बराबरको भन्सार छलीका मोबाइल बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट प्रहरी निरीक्षक हेमन्त थापाको नेतृत्वमा खटिएको टोलीले चन्द्रागिरी नगरपालिका नागढुंगा चेक प्वाइन्टबाट ३५ लाख मूल्य बराबरको भन्सार छलीका मोबाइल बरामद गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बीरगञ्जबाट काठमाडौं आउदै गरेको ना ६ ख १५३४ नम्बरको यात्रु बाहक बसमा चेकजाँच गर्ने क्रममा सिटमूनी लुकाएर ल्याइएको विभिन्न ब्राण्डका मोबाइल बरामद गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आइफोन–११ दुई थान, ओप्पो २२ थान, भीभो ३६ थान, रेड्मी १३ थान र सामसुङ दुई थान गरी जम्मा ७२ थान मोबाइल सेट बरामद गरिएको हो ।

त्यस्तै डिएसपी श्रेष्ठले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७३९५ नम्बरको यात्रु बाहक बसमा चेकजाँच गर्ने क्रममा चालक बस्ने सिट पछाडि कार्टुनभित्र लुकाइएको अवस्थामा ३२ थान मोबाइल पनि बरामद गरिएको छ । ती मोबाइलहरु ओप्पो र रेड्मी ब्राण्डका बताइएको छ ।

उक्त मोबाइलहरू बरामद गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय सानो गौचरण पठाइएको डिएसपी श्रेष्ठले बताउनुभयो । बरामद गरिएका उक्त मोबाइलहरूको अनुमानित बजार मूल्य ३५ लाख रुपैया बराबर रहेको थानकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू