अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 09:13

योग दिवस मनाईयो, योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा – परराष्ट्रमन्त्री

बिआरटीनेपाल २०७६ माघ १ गते ६:२८ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभएको छ । राष्ट्रिय योग दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताउनुभयो । मन्त्री ज्ञवालीले अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र धेरै महत्वपूर्ण सम्पदा तथा ज्ञानहरु हस्तान्तरण गरेर गएको स्मरण गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावना विकास हुने बताउनुभयो । विश्वमा एकदिनमा दुर्घटनाबाट ८ जना र आत्महत्या गरेर १६ जनाको निधन हुने गरेको तथ्याङ्कले देखाएको बताउँदै उहाँले योग शिक्षाको माध्यमबाट यसलाई रोक्न सकिने उल्लेख गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योगलाई औषधि र उपचारको अर्थमा मात्रै नभएर जीवन पद्धतिको रुपमा बुझ्नुपर्ने ठहर गर्नुभयो ।

कार्यक्रममा स्वामी आनन्द अरुणले विश्वमा राजनीतिक र धर्मका कारण झगडाहरु हुने गरेको उल्लेख गर्दै योग र साधनाको माध्यमबाट विश्वलाई एकताबद्ध गर्न सकिने बताउनुभयो । ‘राष्ट्रिय एकताः योगको सान्दर्भिकता’ नारासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा योग दिवस मनाइएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू