अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

संघीय संसद् बन्धक बन्दा ३२ विधेयक अलपत्र

बिआरटीनेपाल २०७६ माघ १ गते ६:२७ मा प्रकाशित

संघीय संसद प्रतिनिधिसभा एक महिनादेखि बन्धक छ । सभामुख चयनमा सत्तारुढ दल नेकपाभित्रको विवादले प्रतिनिधिसभा बन्धक बनेको हो । प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध हुँदा झन्डै तीन दर्जन विधेयक अगाडि बढ्न सकेका छैनन् ।

हिउँदे अधिवेशनको मुख्य काम कानुन निर्माण, संशोधन र परिमार्जन गर्ने भएपनि लगातारको संसद अवरोधले यी सबै काम अवरुद्ध भएका छन् । प्रतिनिधिसभाको बैठक लगातार स्थगित हुँदा झन्डै तीन दर्जन विधेयक प्रभावित भएका छन् । अघिल्लो अधिवेशनबाट पार लाग्न नसकेका र नयाँ गरी ३२ विधेयक अलपत्र परेका छन् ।

सभामुख पद झन्डै चार महिनाअघिदेखि रिक्त छ । तर, सभामुख चयनको प्रक्रिया अघि बढ्न सकेको छैन । सत्तारुढ दलभित्रको विवादले सभामुख चयन हुन नसक्दा संघीयता कार्यान्वयनमा महत्वपूर्ण अर्थ राख्ने पाँचओटा विधेयक प्रमाणीकरण हुन सकेका छैनन् ।

लामो समय प्रतिनिधिसभा बैठक बस्न नसक्दा राष्ट्रियसभामा ‘बिजनेस’ जान नसकेर बिजनेसविहीन हुने खतरा देखिएको छ । लगातारको संसद अवरोधले जनप्रतिनिधिहरुले जनताका आवाज राख्न पाएका छैनन् । हिउँदे अधिवेशन सुरु हुनअघि सत्तारुढ दल नेकपाका सांसदहरुले प्रतिनधिसभामा दर्ता गराएको सीमा विवादबारे संकल्प प्रस्ताव पनि अलपत्र परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू