अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६ | Colorodo: 12:21

पोखराको ढुंगेसाँघुमा माघे संक्रान्ति मेला

बिआरटीनेपाल २०७६ माघ १ गते ६:२६ मा प्रकाशित

पोखराको ढुंगेसाँघुमा परापुर्वकाल देखी सञ्चालन हुँदै आएका माघेसंक्रान्ति मेला यस बर्षपनि आयोजना गरिउको छ । मेलास्थलमा आज पनि भिड् लागेको छ । ऐतिहासिक मेलामध्ये एक रहेको पोखराको ‘ढुंगेसाँघु मेला’ मा पोखरा र आसपासका क्षेत्रबाट विभिन्न भक्तजनहरु सेती नदीमा नुहानका लागि आउने गर्दछन् ।

पोखरा १७ महतगौंडामा हुने ढुंगेसाँघु मेला क्षेत्रकै पुरानोमध्ये एक भएको स्थानीयहरु बताउछन् । बालकदेखि वृद्धासम्म मेला हेर्नका लागि ढुंगेसाँघु जाने गर्दछन् । मेलामा लत्ताकपडादेखि घरायसी प्रयोजनका डालो, नाङ्लो, कुटो, कोदालो, भकारी, लगायतका सामानहरु बिक्रीका लागि राख्ने गरिन्छ ।

सेती नदिमा माघेसंक्रान्ति नुहाए पछि घर फर्किदा स्थानीय उत्पादनहरु खरिद गरेर लैजाने पुरानो चलन भएको स्थानीहरु बताउछन् । मेलामा विभिन्न खेलकुदका प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू