अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 12:28

थारु समुदायको माघी मनाईयो

बिआरटीनेपाल २०७६ माघ १ गते ६:२५ मा प्रकाशित

थारु समुदायले आज विविध कार्यक्रमको आयोजना गरी मौलिक पर्व माघी मनाएका छन् । काठमाडौँको टुँडिखेलमा जम्मा भई उनीहरुले मौलिक पाराले माघी महोत्सव मनाएका हुन् । विभिन्न साँस्कृतिक झाँकीहरुसहित परम्परागत पहिरनमा सजिएका थारु समुदायका युवा युवतीहरु माघी महोत्सवमा सहभागी भएका थिए ।

महोत्सवमा पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी हुनुहुन्थ्यो । सो अवसरमा आयोजकले प्रचण्डलाई थारु पहिरन लगाइदिएका थिए । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँछन्। विशेषगरी पश्चिम नेपालमा रहेका थारु समुदायका मानिसहरु माघीलाई स्वतन्त्रताको पर्वको रुपमा समेत मनाउने गर्छन्।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायत थारु बाहुल्य जिल्लामा माघी मिलन तथा माघ महोत्सवको आयोजना गरी उक्त पर्व धुमधामसँग मनाउने गरिन्छ ।

प्रतिक्रिया