अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

जनयुद्धकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा लिन्छु , रेशम चौधरी छुट्छन्- प्रचण्ड

बिआरटीनेपाल २०७६ माघ १ गते ६:२४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताउनुभएको छ । थारू राष्ट्रिय माघी (माघ ) महोत्सवको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले १७ हजारमध्ये १२ हजार तत्कालीन राजाले मारेको बताउनुभयो ।

जनयुद्धकालमा मारिएका ५ हजारको जिम्मा लिने बताउँदै तत्कालीन राज्यले मारेको १२ हजारको चाहिँ कुरा नहुने तर राज्यले मारेको पनि आफ्नै टाउकोमा हाल्ने गरियो भने न्याय नहुने प्रचण्डको भनाई छ । उहाँले केही समयपछि रेशम चौधरीलाई छुटाइने बताउनुभयो । प्रचण्डले टीकापुरको सन्दर्भमा झुठा मुद्दा खारेज गर्नुपर्ने बहस भइरहेको समेत उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा छोटो सम्बोधन गर्नुभएका प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने बताउनुभयो ।सवै समूदायको मुक्तिको आन्दोलन जारी रहेको बताउँदै आवेगमा र उत्तेजनामा नभई शान्ति र सुझबुझपूर्ण ढंगले सवै जनसमुदायको मुक्तिको आन्दोलन अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू