अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

सार्वजनिक बसमा हस्तमैथुन गरी भिडियो पोष्ट गर्ने रविन पक्राउ

बिआरटीनेपाल २०७६ पुष २९ गते ८:०८ मा प्रकाशित

प्रहरीले सार्वजनिक बसमा युवतीहरुका सामुन्ने हस्तमैथुन गर्ने र त्यसको भिडियो बनाएर इन्टरनेटमा पोस्ट गर्ने कार्यमा संलग्न रविन सार्की भनिने रविन रुचाललाई पक्राउ गरेको छ । २१ वर्षका रुचाललाई अपराध महाशाखाको टोलीले सोमबार चितवनको भरतपुर, विकास चोकबाट पक्राउ गरेको हो । रुचालले बनाएको अश्लिल भिडियो गएको वर्षको माघमा सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएपछि उनी भागेर भारत गएको र सात महिनापछि चितवन फर्किएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका रुचालले नै सो भिडियो बनाएको र भिडियोमा रहेका व्यक्ति उनी नै रहेको पुष्टिका लागि हस्तमैथुन गर्दाकै अवस्था (रेज कन्स्ट्रक्सन) सँग दाँजेर हेरिएको प्रहरीले बताएको छ । रुचालका चार इमेल आइडी र तीन इन्स्टाग्राम एकाउन्ट रहेको र उनले सामाजिक सञ्जालका विभिन्न ग्रुपमा राख्ने गरेको खुलेको छ । उनले पैसाका लागि यस्तो गर्ने गरेको बताएका छन् । तर कसरी पैसा प्राप्त हुन्थ्यो भन्ने खुलाएका छैनन् ।

प्लस टू सम्मको अध्ययन गरेका उनले तीन वर्ष पहिले काठमाडौँको बानेश्वर क्षेत्रमा मसला डेलिभरीको काम गर्ने गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू