अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

भारतबाट छिट्टै नेपालको रेल आउँछः मन्त्री नेम्वाङ

बिआरटीनेपाल २०७६ पुष २९ गते ७:४४ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर जयनगरमा केही महिनाभित्रै रेल सञ्चालन हुने बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री नेम्वाङले भारतबाट छिट्टै नेपालको रेल आउन लागेको बताउनुभएको हो ।

दुई, तीन महिनाभित्र भारतले नेपालमा रेल र्पुयाउने गरि सरकारी तहमा कुरा भएको र अब धेरै कुर्नु नपर्ने उहाँले बताउनुभयो । नेपालमा रेल लिक बनाउने काम तीव्र रूपमा भइरहेको नेम्वाङले जानकारी दिनुभयो । नेपालमा रेल क्षेत्रमा लगानी गर्नका लागि विदेशी राष्ट्रहरू इच्छुक भएको पनि उहाँको भनाइ थियो ।

साझा यातायातसँग सहकार्य गरेर सरकारले विद्युतीय यातायात सञ्चालन गर्नेबारे छलफल भइरहेको पनि नेम्वाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू