अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

ए डिभिजन लिग फुटबलमा आर्मी र संकटाको बराबरी

बिआरटीनेपाल २०७६ पुष २९ गते ७:३५ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आर्मी संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा सिमित बनेको आर्मीले संकटासँग अंक बाडेको हो ।

खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, खेलको ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा समेटियो । युद्ध शाही दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा आर्मी १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा संकटाले उठायो ।

खेलको ५५ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई हारबाट जोगाउनुभएको थियो । संकटासँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । समान खेलमा समान अंक जोडेको मछिन्द्र फुटबल क्लब लिगको शीर्ष स्थानमा रहेको छ । संकटा ६ खेलमा ८ अंक जोड्दै, आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू