अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

अष्ट्रेलियाको डढेलोको धुँवा उत्तर अमेरिकामा , आकाशको रङ परिवर्तन

बिआरटीनेपाल २०७६ पुष २९ गते ७:३७ मा प्रकाशित

अस्ट्रेलियामा विगत पाँच महिनादेखि फैलिएको डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने अमेरिकी अन्तरिक्ष केन्द्र नासाले जनाएको छ । नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र यसले जनवरी ८ सम्म पृथ्वीको आधा फन्को मारेको नासाले उल्लेख गरेको छ ।

नासाका अनुसार डढेलोको अस्वाभाविक रूपका कारण आँधीबेहरी ल्याउंदा धुवाँ आकाशको धेरै माथि पुगेको छ । धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ परिवर्तन भएको र न्यूजील्याण्डमा वायु प्रदुषण बढाएको छ ।

डढेलोका कारण कम्तिमा २८ जनाको मृत्यु भएको छ । सबैजसो राज्यमा तापक्रम ४० डिग्री पुगेको छ । दुई हजार भन्दा बढी घर ध्वस्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू