अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

तुम्बाहाङ्फेले सभामुखमा दाबी गर्नु स्वभाविक भएको नेकपा प्रवक्ता श्रेष्ठको भनाइ

बिआरटीनेपाल २०७६ पुष २९ गते ७:३३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखमा दाबी गर्नु स्वभाविक भएको बताउनुभएको छ । तर, सभामुख बन्नका लागि पनि उहाँले उपसभामुखबाट राजीनामा दिनुपर्ने उहाँको धारणा थियो ।

आज लमजुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले उपसभामुखले राजीनामा दिएपछि पार्टीमा छलफल गरेर सभामुखको उम्मेदवार चयन गर्ने बताउनुभयो । नेकपा संसदको सबैभन्दा ठूलो पार्टी रहेको उल्लेख गर्दै उहाँले पार्टीले रिक्त सभामुख पदमा आफ्नो दाबी गर्नु र त्यो पद हासिल गर्नु स्वभाविक ठहर्ने दावी गर्नुभयो ।

आफ्नो पार्टीका तर्फबाट प्रतिनिधिसभामा सदस्य रहेका सबैले सभामुखमा दाबी गर्न सक्ने श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू