अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

केन्द्रीय राजनीतिमा जटिलता देखा पर्योे – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ पुष २९ गते ७:३१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय राजनीतिमा जटिलता देखा परेको बताउनुभएको छ । सभामुख छनौटको विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग किचलो परिरहेका बेला, चितवनको माडीमा आयोजित खिचरा महोत्सवको उद्घाटन गर्दै उहाँले केन्द्रीय राजनीतिमा बेला–बेला केही जटिलता उत्पन्न हुने र अहिलेको अवस्था त्यस्तै भएको बताउनुभयो ।

तिनलाई समाधान गर्न लगातार छलफल गर्नुपर्ने आवश्यकतामा प्रचण्डले जोड दिनुभयो । तर, त्यो राजनीतिक जटिलता के हो भन्ने बारे प्रचण्डले केही खुलाउनुभएन । तर सभामुखमा उम्मेदवारी दिने निर्णय नेकपा सचिवालय बैठकले गरे पनि उम्मेदवार चयन गर्न सकेको छैन । संभवतः उहाँले उल्लेख गर्नुभएको जटिलता यहि हुनसक्छ ।

निर्वाचनका बेलामा आफूले माडीलाई दुर्गमबाट सुगम बनाउने भनी गरेको प्रतिवद्धता नभुलेको भन्दै प्रचण्डले अब माडी पिछडीएको क्षेत्र नरहने दावी गर्नुभयो । उहाँले विकासका पूर्वाधारको निम्ति प्रक्रिया अगााडी बढाएको भन्दै आफूले माडीका लागि देखेको सपना अझै पूरा नभएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू