अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

स्वास्थ्य उपचार गर्न कांग्रेस नेता पौडेल दिल्ली प्रस्थान

बिआरटीनेपाल २०७६ पुष २८ गते ८:०७ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । रक्तचापको बिरामी रहेका पौडलले नेपालकै अस्पतालमा उपचार गराए पनि उहाँ थप उपचारका लागि दिल्ली जानुभएको हो ।

नेपालका अस्पतालमा गरिएको परीक्षणमा फरकफरक रिपोर्ट देखिएको पौडेलको सचिवालयले जनाएको छ। दिल्ली जानुअघि पौडेलले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो । दिल्लीमा रहँदा उहाँले राजनीतिक भेटसमेत गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू