अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

अस्ट्रेलियामा आगलागीबाट बाँचेका जनावरलाई हेलिकोप्टरबाटै खानेकुरा

बिआरटीनेपाल २०७६ पुष २८ गते ८:०६ मा प्रकाशित

आगलागीमा आगलागीबाट बाँचेका जनावरहरुलाई हेलिकोप्टरबाट खानेकुरा बाँड्न सुरु गरिएको छ। त्यहाको न्यू साउथ वेल्सको प्रान्तीय सरकारले केही महिनादेखिको भीषण आगलागीबाट बाच्न सफल ती जनावरहरुलाई आलु र गाँजर हेलिकप्टरबाटै खसाली दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

करीब १ हजार किलोग्राम आलु र गाँजर हेलिकोप्टरबाट खसालिसकिएको उर्जा तथा वातावरण मन्त्री म्याट किनले सामाजिक सञ्जाल ट्विटरमार्पत जानकारी दिनुभयो । उहाँले ट्विटरमा लेख्दै लेख्नुभएको छ , ‘हामीले यहाँका रक वालावीजस्ता संकटमा परेका जनावरलाई बचाउनु पर्छ। त्यसकारण यो अभियान थालेको हौ।

यता, प्रान्तीय सरकारले भने आफ्नो प्रारम्भिक अनुगमनमा कंगारूजस्तो देखिने रक वालावीको ठूलो संख्या आगलागीमा मारिएको पुष्टि गरेको छ। सरकारले आगलागबाट बाँचेका ती जनावरहरुको लागि प्राकृतिक रूपमा खाना तयार नभएसम्म हेलिकोप्टरबाटै व्यवस्था गर्ने जनाएको छ। अष्ट्रेलियामा जारी आगलागीबाट करीब ५० करोड पशुपंक्षी मारिएको प्रारम्भिक विवरणहरू आएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू