अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

ए डिभिजन लिग– एनआरटीले पुलिसलाई हरायो, च्यासल–सशस्त्र बराबरी

बिआरटीनेपाल २०७६ पुष २८ गते ७:४२ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ । सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा एनआरटीले नेपाल पुलिस क्लबलाई १–० ले हराएको हो । एनआरटीलाई जिताउन दर्शन गुरुङले खेलको ७६औं मिनेटमा निर्णायक गोल गरेका थिए । पुलिसले भने उल्लेख्य खेल खेल्न सकेन ।

सोमबारै दशरथ रंगशालामा भएको दोस्रो खेलमा च्यासल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसित बराबरी खेलेको छ । खेल गोलरहित बराबरीमा सकिएको हो । यो खेलपछि लिगको अंकतालिकामा ६ खेलबाट १३ अंकसहित मच्छिन्द्र क्लब शीर्ष स्थानमा यथावत् छ ।

त्रिभुवन आर्मी क्लब र मनाङ–मस्र्याङ्दी क्लब समान १२ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चौथो स्थानको थ्रीस्टारको १० अंक छ । पाँचौं स्थानको जावलाखेल युथ क्लबको ९ अंक छ भने पुलिसलाई हराएसँगै गोलअन्तरमा पछि पार्दै ८ अंकबाट एनआरटी छैटौं स्थानमा पुगेको छ ।

छैटौं चरणको अन्तिम खेलमा मंगलबार आर्मी र संकटा क्लबले दिउँसो ३ बजे खेल्नेछन् । जितले आर्मी शीर्ष स्थानमा पुग्नेछ । संकटाले जिते चौथो स्थानमा पुग्न सक्नेछ ।

प्रतिक्रिया