अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२१ | Colorodo: 15:36

उपसभामुखले राजीनामा दिनैपर्छ – नेकपा प्रमुख सचेतक गुरुङ

बिआरटीनेपाल २०७६ पुष २८ गते ७:३९ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनैपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले सभामुखको उम्मेदवार बन्नका लागि पनि उपसभामुख तुम्बाहाङफेले राजीनामा दिनैपर्ने ठहर गर्नुभयो ।

सभामुख चयनको गतिरोध पार्टीसँग मात्रै सम्बन्धित नभएको भन्दै गुरुङले यही तवरले गतिरोध बढे मुलुकको प्रणाली नै खतरामा पर्ने जिकिर गर्नुभएको छ । सो अवसरमा उहाँले उपसभामुखलाई बढुवा गरेर सभामुख बनाउने व्यवस्था नरहेको पनि स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू