अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

विद्यमान बेथिति नियन्त्रण गर्न सूचना प्रविधि विधयेक – परराष्ट्रमन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७६ पुष २८ गते ७:३७ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विद्यमान बेथितिहरुलाई नियन्त्रण गर्न सुचना प्रविधी बिधेयक ल्याउनुपरेको बताउनुभएको छ । राजधानीमा सोमबार राष्ट्रिय मानव अधिकार आयोगले गरेको कार्यक्रममा मानव अधिकार आयोगको अधिकार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनशाय सरकारको नभएको दाबी गर्दै मन्त्री ज्ञवालीले बेथितिहरु नियन्त्रण गर्न सूचना प्रविधि विधयेक ल्याएको तर्क गर्नुभयो ।

संक्रमणकालिन न्याय सम्बन्धि दुबै आयोगमा सिफारिस समितिको सिफारिस अनुसार नै पदाधिकारी नियुक्ति गरिने उहाको भनाई थियो । शान्ति सम्झौताका दुई वटा मुख्य आयाम टुङ्गो लागिसके पनि संक्रमणकालिन न्याय निरुपणमा अनावश्यक राजनीति हुने गरेको उहाको भनाई थियो ।

कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधन गर्न बनेको विधयेक आयोगको सिफरिस विपरित रहेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले नेपालले अन्तर्राष्ट्रिय महासन्धीहरुमा हस्ताक्षर गर्दा कार्यान्वयन गर्न सक्ने नसक्ने विषयमा गम्भीर हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संविधान भन्दा बाहिर गएर कानून बनाउन नसकिने बताउनभयो । नागरिकता विधेयक लामो समयदेखि समितिमा विचाराधीन रहेको र उक्त विधेयकमा चाँडै नै सहमति हुने श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू