अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

पर्यटनमन्त्री भट्टराईद्वारा सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक अनावरण

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:१७ मा प्रकाशित

सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्मित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । सिन्धुलीगढीमा आइतबार आयोजित एक विशेष समारोहका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शालिकको अनावरण गर्नुभयो ।

शालिकको अनावरण गर्दै मन्त्री भट्टराईले ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्माण गरिएको शालिकले सिङ्गो नेपाली जनताको स्वाभिमानलाई विश्वसामु उभ्याएको बताउनुभयो । मुलकको सार्वभौम सत्ता, अखण्डतालाई वर्तमान सरकारले रक्षा गर्ने बताउदै देशको सिमाना कसैलाई एक इन्च पनि मिच्न नदिने र अरूको पनि नमिच्ने मनत्री भट्टराईको भनाई थियो ।

कार्यक्रममा पूर्वकृषि मन्त्री तथा संघीय सांसद हरिबोल गजुरेलले सिन्धुलीलाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू