अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

उप–सभामुखबाट राजिनामा नदिने शिवमायाको अडान कायमै

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:१५ मा प्रकाशित

उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिने अडान फेरि दोहोर्याउनुभएको छ । राजिनामा दिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं नेकपा पार्टीले नै गरेको आग्रहलाई उहाँले अस्वीकार गर्नुभएको हो । राजिनामाका लागि पार्टी हाइकमाण्ड सचिवालय बैठकले गरेको आग्रह नमानेपछि आइतबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल प्रचण्डले उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमै बोलाएर राजिनामा गर्न भन्नुभएको थियो ।

तर तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउने निर्णय नगर्दासम्म राजिनामा नदिने अडान राखेको उहाँ निकट स्रोतले जनाएको छ । राजिनामा नदिने भन्दै बालुवाटारबाट निस्केकी उहाँले अध्यक्षहरुलाई के गर्न उपयुक्त हुन्छ त्यही गर्नु भनेको स्रोतको दावी छ ।

आफूलाई राजिनामा गराउन लगाउने निर्णय कस्ले गरेको भन्ने प्रश्न नेताहरुलाई गर्नुभएकी शिवमायाले यसअघि आफूलाई सभामुख बनाउने निर्णय नगरे चुनावी प्रक्रिया थाल्ने चेतावनी नै दिनुभएको थियो । छलफलमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव बिष्णु पौडेल संलग्न हुनुहुन्थ्यो । उपसभामुख तुम्बाहाम्फेको अडानले नेकपा अनिर्णयको बन्दी बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू