अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

पेन्सन सुधारविरुद्ध भएका राष्ट्रव्यापी हड्ताल अन्त्य गर्न फ्रान्सका प्रधानमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:१४ मा प्रकाशित

फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले सरकारले हालै प्रस्ताव गरेको पेन्सन सुधारविरुद्ध भइरहेका राष्ट्रव्यापी हड्ताल अन्त्य गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री फिलिपले राष्ट्रव्यापी हड्ताल अन्त्यका लागि युनियनहरुलाई छुट दिने प्रस्तावसमेत गर्नुभयो ।

उहाँले मजदुरहरुको पेन्सनका लागि यसअघि सरकारले गरेको नयाँ व्यवस्थाको प्रस्ताव फिर्ता लिन तयार रहेको बताएको बीबीसीले जनाएको छ । प्रधानमन्त्रीको प्रस्ताव फिर्ता लिने निर्णयको फ्रान्सका युनियनहरुले स्वागत गरेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनको योजनावद्ध पेन्सन सुधारविरुद्ध औद्योगिक मजदुरहरुले गरेको आन्दोलनका कारण सार्वजनिक यातायात सबैभन्दा बढी प्रभावित भएको छ । प्रदर्शनका क्रममा आन्दोलनकारीले रेल तथा सार्वजनिक तथा निजी भवन र कार्यालयहरुमा आगजनी तथा तोडफोडको प्रयास गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू