अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन काँग्रेसको चेतावनी

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:११ मा प्रकाशित

प्रतिपक्षी काँग्रेसले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ । सूचना टाँसेर संसद बैठक आठ दिन सारिएपछि काँग्रेसले सरकार र सत्तारुढ दल नेकपालाई तत्काल निकासको मार्ग प्रसस्त गर्न सचेत गराएको हो ।

आज काँग्रेसले एक विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपाका कारण एक महिनादेखि सदन अवरुद्ध रहेको आरोप लगाएको छ । नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्म सूचना टाँसेर स्थगित गरिएपछि काँग्रेसको यस्तो प्रतिक्रिया आएको हो । शर्माले प्रतिनिधिसभालाई सत्तारुढ दलभित्रको विवादको छाया बनाएको आरोप लगाउनुभएको छ । यस्तै नेपाली कंग्रेसका सांसद गगन थापाले पनि ट्वीट गर्दै नेकपाभित्रको स्वार्थका कारण संसदलाई बन्धक बनाउनु निन्दनीय रहेको बताउँदै ट्वीट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू