अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

ए डिभिजन लिग फुटवल – फ्रेण्ड्ससँग थ्रीस्टार स्तब्ध, उपाधि होडमा गम्भीर धक्का

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:०७ मा प्रकाशित

शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा उपाधि होडको थ्रीस्टार क्लव पराजित भएको छ। थ्रीस्टारलाई फ्रेण्ड्स क्लबले १–० गोल अन्तरले पराजित गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारका वाग्नर डे कार्मोले गोल गरेका थिए । कार्मोले खेलको १३ औँ मिनेटमा गोल गरेका हुन् । ६ खेलबाट १० अंक मात्र भएको थ्रीस्टार शीर्षस्थानमा रहेको मच्छिन्द्र क्लबभन्दा २ अंकले पछाडि छ । मनाङ मर्स्याङ्दीको पनि ६ खेलबाट १२ अंक रहेको छ।

यसैगरि फ्रेण्ड्स एक खेल कम खेलेको नेपाल आर्मीभन्दा २ अंकले पछाडि रहेको छ। फ्रेण्ड्सले पहिलो जित हात पारेको छ। ६ खेलबाट ५ अंक भएको फ्रेण्ड्स ११ औँ स्थानमा छ। आइतबार भएको अर्को खेलमा ब्रिगेड ब्वाइजले सरस्वती क्लबसँग गोलरहित बराबरी खेलेको छ ।

प्रतिक्रिया