अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

इरानले युक्रेनीे विमान गोली हानी दुर्घटना गराएको स्विकार लगतै विरोध प्रदर्शन, नेताविरुद्ध नाराबाजी

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:०६ मा प्रकाशित

इरानले आफ्नो कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै प्रदर्शन भएको छ । सयौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमानेइविरुद्ध नाराबाजी गरेका हुन् ।

अधिकारीहरुप्रति क्रोध रोक्न उनीहरुले झुट बोलेको प्रदर्शनकारीको आरोप छ । दुईवटा विश्वविद्यालयअघि भेला भएर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो । इरानले गत बुधबार युक्रेनको बोइङ आफ्नै कमजोरीले दुर्घटनामा परेको स्वीकार गरेको थियो । उक्त दुर्घटनामा एक सय ७६ जनाको मृत्यु भएको थियो ।

युक्रेनको अन्तर्राष्ट्रिय एयरलाइन्सको विमान तेहरानको इमाम खमेनी एयरर्पोट नजिकै गोली हानी दुर्घटना गराइएको थियो । अघिल्लो साता अमेरिकी सेनाले गरेको हवाइ कारवाही इरानी सैन्य कमाण्डर कासेम सोलेमानी मारिएपछि इरान र अमेरिकाबीच सम्बन्ध चिसिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू