अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

राष्ट्रियसभा बैठक– दीलिपका हत्यारालाई कडा कारवाही गर्नुपर्ने सांसदको माग

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:०४ मा प्रकाशित

राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दीलिप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौडेलले दीलिप हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय मात्रै दिनेभन्दा पनि अब कहिलै त्यस्तो हुँदैन भनेर सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

सांसद कोमल वलीले दीलिप महतोको हत्याको विरोध गर्दै अपराधीलाई कडा कारवाही गर्नाका साथै सो घटनाबाट जनतामा आएको त्रसित मानसिकता हटाउनुपर्ने बताउनुभयो । सांसद वृषेशचन्द्र लालले वातावरण र नदीनालाको संरक्षणको कुरा गर्दै गर्दा दीलिप महतोलाई टिपरले किचेर हत्या हुँदा त्यसका बारेमा प्रहरी प्रशासन किन चुप लागेको छ भन्दै प्रश्न गर्नुभयो । सांसद प्रमिला कुमारीले पछिल्लो समयमा देशका विभिन्न स्थानमा हत्या, हिंसा मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामलखन चमारले सरकारले अगाडि सारेको शिक्षाका लागि निब्र्याजी ऋण दिने विषयलाई व्यावहारिरूपमै कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।

सांसद जीतेन्द्रनारायण देवले एमसिसी सम्झौतालाई सरकारले जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सासंद शेरबहादुर कुँवरले पृथ्वीनारायण शाहले मुलुक निर्माणमा पु¥याउनुभएको योगदानको चर्चा गर्दै राज्यले राष्ट्रका विभूतिलाई बिर्सिन नहुने बताउनुभयो । सांसद जीवन बुढाले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगलाई पूर्णता दिनुपर्ने माग गर्नुभयो । सांसद विन्दादेवी आले रानाले वाइड बडी प्रकरणबारे सरकार किन मौन छ भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू