अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

काठमाडौँमा धरान सरोकार समाजद्वारा धरानको मेयर तिलक राई सम्मानित

बिआरटीनेपाल २०७६ पुष २६ गते १०:२१ मा प्रकाशित

काठमाडौँ । “वादको विवाद नगरौँ, धरानको विकाश निर्विवाद गरौँ” भन्ने सन्देश बोकी काठमाडौँमा रहेका धरानेहरु मिली धरानको विकास निर्माणमा हतेमेलो गर्ने उद्देश्यले स्थापित धरान सरोकार समाज काठमाडौँले शुक्रवार काठमाडौँ स्थित सहरी विकास आयोजनाको हलमा एक कार्यक्रम आयोजना गरी भर्खरै सम्पन्न उप-निर्वाचनमा धरानमा नवनिर्वाचित मेयर तिलक राईलाई स्वागत तथा सम्मान गरेको छ ।

कार्यक्रममा धरान सरोकार समाज, काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ र सल्लाहकार यज्ञप्रसाद आचार्यले खादा तथा बुकी र सम्मान पत्रले धरानमा नवनिर्वाचित मेयर तिलक राईलाई सम्मान गर्नुभएको थियो । त्यस्तै धरानको उपमेयर मञ्जु भण्डारीले सोही समारोहमा मलेसियामा गत असोजमा सम्पन्न मिस कस्मोपोलिटन वर्ड २०१९ को विजेता बन्न सफल प्रिया रानी लामा लाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै धरान सरोकार समाज, काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठले धरानको विकासको लागि काठमाडौँमा रहेका हामी धरानेहरु हरेक पल धरान उप-महानगरपालिकाको साथमा रहेका थियो र रहनेछौ भन्दै नवनिर्वाचित मेयरबाट धरानको विकासमा नयाँ आयाम थप्नुहुने आशा गरेको बताउनुभयो ।

त्यस्तै नवनिर्वाचित मेयर तिलक राईले वादको विवाद नगरौँ, धरानको विकाश निर्विवाद गरौँ भन्ने धरान सरोकार समाजको मुलमन्त्रले आफूलाई निक्कै छोएको भन्नुहुँदै धरानको विकासको लागि कुनै पार्टीबिसेषको नभएर हाम्रो धरानको विकास गर्नुको लागि धरान उप -महानगर पालिका लागिपर्ने र धरान सरोकार समाज-काठमाडौँसंग पनि सहकार्य गर्ने बताउनुभयो । मेयर राईले आफूले कसैको निजी स्वार्थका लागि काम नगर्ने र भ्रष्टाचार कुनै हालतमा नगर्ने अठोट उपस्थित धरानेसमक्ष राख्दा सबैले तालीले साथ दिएका थिए ।

कार्यक्रममा काठमाडौँमा बसोबास गर्नुहुने विशिष्ट धराने व्यक्तित्वहरूको बाक्लै उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू