अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५२ | Colorodo: 11:07

भारतीय राजदूतावासद्वारा विश्व हिन्दी दिवस मनाइयो

बिआरटीनेपाल २०७६ पुष २६ गते ९:५७ मा प्रकाशित

काठमाडौं स्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय विभागले संयुक्त रूपमा २०७६ पौष २५ गते होटेल याक एण्ड यतीमा विश्व हिन्दी दिवस मनायो । उक्त समारोहमा नेपाल सरकारको माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री हृदयेश त्रिपाठीले प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यक्रमको शोभा बढाउनु भएको थियो । सो अवसरमा कार्यभार राजदूत डा. अजय कुमारले भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाउनु भएको थियो ।

२. उक्त समारोहमा हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’ को विशेषाङ्कको लोकार्पण गरियो । वी.पी. कोइराला भारत–नेपाल फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौँको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि सोही कार्यक्रममा लोकार्पण गरियो । ती पुस्तकहरूमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीहरूद्वारा नेपालीमा अनुवाद गरिएका विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेम चन्दद्वारा लिखित पाँच प्रसिद्ध कथाहरू एवम् नेपालीमै अनुवाद गरिएको स्वामी विवेकनन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन् । साथै हिन्दीमा अनुवाद गरिएका नेपालका राष्ट्र कवि श्री माधव प्रसाद घिमिरेद्वारा रचित गीति नाटक ‘अश्वत्थामा’ एवम् युवा तथा नयाँ नेपाली कथाकारहरूद्वारा लेखिएका २५ आधुनिक नेपाली कथाहरूको अनुवादित सङ्ग्रह ‘उत्कृष्ट कहानियां’ को पनि लोकार्पण गरियो । यी कथाहरू बाह्रखरी मिडियाले नेपालभर आयोजना गरेको कथा लेखन प्रतियोगिताबाट छानिएका थिए ।

३. सो समारोहमा स्वामी विवेकनन्द सांस्कृतिक केन्द्र, काठमाडौँका कलाकारहरूले प्रख्यात हिन्दी कविहरूका रचनाहरूको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । लेखक, पत्रकार, हिन्दी तथा नेपाली बुद्धिजीवी, प्राज्ञ र विद्यार्थी लगायत विविध क्षेत्रका २०० भन्दा बढी विशिष्ट साहित्यिक महानुभावहरूले सो कार्यक्रममा सहभागिता जनाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू