अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

बुल्गेरियाको एउटा यस्तो बजार जहाँ श्रीमती खरिद गरिन्छ

बिआरटीनेपाल २०७६ पुष २६ गते ८:२६ मा प्रकाशित

बुल्गेरियाको स्टारा जागोरमा वर्षको तीन पटक ‘श्रीमती’को मेला लाग्ने गर्छ । जहाँ युवतीहरू आफूलाई बिहे गर्ने श्रीमानको खोजीमा हुन्छन् । अंग्रेजी अखबार डेली मेलका अनुसार बुल्गेरियाको यो ठाउँमा वर्षमा ३ पटक यस्तो बजार लाग्छ जहाँ श्रीमतीहरू किन्न पाइन्छ ।

एक्काइसौं शताब्दीको दोस्रो दशक पूरा हुँदा पनि त्यहाँ परम्परागत मान्यताका आधारमा श्रीमती खरिद बिक्री हुने गर्छ । जहाँ युवतीहरू आफ्नो परिवारका साथमा सिंगारपटार गरेर सहभागी हुन्छन् ।

उनीहरूलाई खरिद गर्न युवकहरू बजारमा आउँछन् र मन परेकी युवतीलाई श्रीमती बनाएर लैजान्छन् । यस्तो बजार वर्षौं देखि चलीआएको रितिरिवाजसँग सम्बन्धित छ । स्थानीय सरकारी अधिकारीहरूले पनि यस्तो प्रथा रोक्न सकिरहेका छैनन् ।

‘जसले आफ्नो छोरीको बिहे गर्न सक्दैन उ यहीं बजारमा आएर श्रीमान खोजेर लैजाने गर्छ,’ एक अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन् ‘हामीसँग यो प्रथालाई रोक्ने कुनै कारण छैन । नागरिकहरू गरीब छन् । यहाँ बिहेका लागि धेरै खर्च हुने गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू