अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

हैयथम बिन तारिक ओमानको नयाँ सुल्तान

बिआरटीनेपाल २०७६ पुष २६ गते ८:२० मा प्रकाशित

ओमानको नयाँ सुल्तानमा पूर्वसंस्कृति मन्त्री हैयथम बिन तारिक अल सइद नियुक्त हुनुभएको छ । ओमानी सञ्चारमाध्यमका अनुसार तारिकले ओमानको सुल्तानका रुपमा शपथ पनि लिइसक्नुभएको छ । शुक्रबार साँझ ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएपछि शनिबार हैयथमलाई नयाँ सुल्तान नियुक्त गरिएको हो। काबुसको इच्छाबमोजिम हैयथमलाई ओमानको सुल्तानमा नियुक्त गरिएको हो।

स्वर्गीय सुल्तान काबुस अविवाहित हुनुहुन्थ्यो । त्यसैले सिधै ओमानी सत्ता सम्हाल्ने उत्तराधिकारी कोही थिएन। उहाँका तीन भाइलाई नै नयाँ ओमानी सुल्तानको उत्तराधिकारीको दाबेदार मानिएको थियो। बन्द खाममा रहेको सुल्तान काबुसको इच्छापत्र(विल) बमोजिम हैयथमलाई ओमानको सुल्तान नियुक्त गरिएको गल्फन्युजले जनाएको छ ।

शनिबार सुल्तान काबुस बिन सइदको अन्तिम संस्कारअघि हैयथमले अल बुस्तन दरबारमा राज्यारोहण गर्नुहुनेछ । शनिबार बिहान बसेको ओमानको शाही परिवार परिषदको बैठकले हैयथमलाई नयाँ सुल्तानमा नियुक्त गरेको हो। हैयथमले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू