अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

आईसीसीको नयाँ टी–२० वरीयता– पारस खड्का अलराउण्डरतर्फ विराट कोहली, हार्दिक पाण्ड्या र रशिद खानभन्दा अगाडि

बिआरटीनेपाल २०७६ पुष २६ गते ८:२० मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी को टी–२० को नयाँ वरीयतामा नेपालका ४ खेलाडी परेका छन् । नयाँ वरीयतामा पर्नेहरुमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् ।

अलराउण्डरतर्फ पारस २५ औँ स्थानमा यथावत रहेका छन् । उनी अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डया, दक्षिण अफ्रिकाका क्रिस मोरिसभन्दा अघि रहेका छन् ।

यस्तै अलराउण्डरतर्फ करण ७४ औँ स्थानबाट ७५ औँ स्थानमा झरेका छन् । सोमपाल कामी ६८ औँ स्थानमा पुगेका छन । ब्याटिङतर्फ पारस ६० औँ स्थानमा यथावत रहेका छन् । बलिङको वरीयतामा सन्दीप ८४ औँ स्थानमा यथावत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू