अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 21:14

युक्रेनी विमान भूलवश खसालिएको इरानी सेनाद्वारा स्वीकार

बिआरटीनेपाल २०७६ पुष २६ गते ८:१२ मा प्रकाशित

इरानको सेनाले भूलवश युक्रेनी ‘बोइङ ७३७’ विमान खसालिएको स्वीकार छ । इरानी सरकारी टेलिभिजनका अनुसार सेनाले विज्ञप्ति जारी गरी इरानी सेनाले मानवीय त्रुटिका कारण इरानको रिभोलुसनरी गार्ड रहेको संवेदनशील क्षेत्रनजिक उडेको विमान खसालिएको जनाएको हो ।

मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमान दुर्घटना गराएको भन्दै विज्ञप्तिमा घटनामा संलग्नलाई कारबाही गरिने उल्लेख गरिएको छ । इरानका राष्ट्रपति हसन रूहानीले घटनालाई ठूलो विपत्ति र अक्षम्य गल्ती भन्दै घटनामा संलग्नलाई कारबाही गर्न अनुसन्धान भइरहेको बताउनुभएको छ ।

दुर्घटनामा विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो । यसअघि, इरानले तेहराननजिक भएको उक्त दुर्घटना आफ्नो क्षेप्यास्त्र प्रहारका कारण खसालेको अस्वीकार गरेको थियो । तर, सम्भवत त्रुटिवश विमानमा इरानी क्षेप्यास्त्र प्रहार गरिएको प्रमाण आफूसँग रहेको अमेरिका र क्यानडाले दाबी गरेपछि इरान दबाबमा परेको थियो ।

इरानले दुर्घटनाको विस्तृत अनुसन्धान गर्ने जनाएको छ । इरानले इराकस्थित अमेरिकी सैन्य आधारशिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घन्टापछि नै उक्त विमान दुर्घटना भएको थियो । युक्रेनी दूतावासले तेहरानबाट युक्रेनको राजधानी कियभ हुँदै टोरन्टोका लागि उडेको विमान दुर्घटनापछि तेहरानस्थिते सुरुमा इन्जिनमा समस्या देखिएको जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू