अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

राजिनामा दिन्न, भोलीको संसद मै संचालन गर्छु – उपसभामुख तुम्बाहाम्फे

बिआरटीनेपाल २०७६ पुष २६ गते ८:१२ मा प्रकाशित

उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिने निर्णयका बारेमा आफुलाई थाहा नभएको बताउनु भएको छ । उहाँले भोलीको संसदको बैठक आफैले संचालन गर्ने र राजिनामा नदिने घोषणा समेत गर्नुभएको छ । नेताहरुसँग आफ्नो कुराकानी बाँकी नै रहेकाले तत्काल राजिनामा नदिने बताउनु भयो ।

सचिवालय बैठकले राजिनामा गराउने निर्णय गरेको छ नि भन्ने प्रश्नको जवाफमा उहाँले आफुलाई त्यस्तो कुनै निर्णय थाहा नभएको प्रतिक्रिया दिनुभयो । पार्टीले निर्णय गरेपनि आफुले राजिनामा नदिने र भोलीको संसद् बैठक चलाउने तुम्बाहाम्फेको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू