अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

बिभाजित कम्युनिष्ट पार्टीहरुलाइ एकताबद्ध हुन प्रचण्डको आग्रह

बिआरटीनेपाल २०७६ पुष २६ गते ७:५० मा प्रकाशित

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । पार्टी कार्यालय धुम्बारीमा आज आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आग्रह गर्नुभयो ।

विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता मोहन कार्की जीवन्त र नेता सीता कार्कीलाई पार्टीमा स्वागत यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनको सुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीबीच एकताको लहर जारी रहेको भन्दै अब कम्युनिष्टबीच एकताको विकल्प नरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा (माओवादी) र नेकपा (एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको उल्लेख गर्नुभयो ।

नेता ‘जीवन्त’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक विकाससँगै वैज्ञानिक समाजवादलाई पूरा गर्ने लक्षण देखेर आफूहरु पार्टी प्रवेश गरेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू