अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

‘सूचना प्रविधि विधेयक आपत्तिजनक’/पारित नगर्न सरकारलाई सुझाव

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:४७ मा प्रकाशित

कानुन व्यवसायी, सन्चारकर्मी र मानवअधिकारवादीहरुले सरकारले अघि बढाएको सूचना प्रविधिसम्बन्धी विधेयक आपत्तिजनक भएको भन्दै यसलाई पारित नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले नागरिकको बोल्न पाउने अधिकारलाई कुन्ठित पार्ने उद्देश्यले ल्याइएको सूचना प्रविधिसम्बन्धी विधेयक अत्यन्त लज्जास्पद रहेको टिप्पणी गरेका छन् ।

विधेयक जस्ताको तस्तै पारित गरिए यसले नागरिक स्वतन्त्रतालाई हनन् गर्ने उनीहरुको भनाइ थियो । कार्यक्रमका सहभागीहरुले संविधानले सुनिश्चित गरेको अधिकारलाई दबाउँदै सरकारले विधेयकलाई पारित गर्न खोजेको निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू