अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

नाइजरमा सैनिक शिविरमा आक्रमण, २५ सैनिक मारिए

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:४६ मा प्रकाशित

नाइजरमा सैनिक शिविरमा गरिएको आक्रमणमा परी कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

पश्चिमी अफ्रिकी मुुलुक मालीको सीमाक्षेत्रमा पर्ने नाइजरको चिनागोद्ररमा घटना भएको उनीहरुले बताएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ ।

सैनिकहरुमाथि भएको आक्रमणपछिको भिडन्तका क्रममा ६० भन्दा बढी लडाकु मारिएको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू