अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

मन्त्रीद्धय ढकाल र बाँस्कोटालाइ थप मन्त्रालयको जिम्मेवारी

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:४५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका दुई मन्त्रालयको जिम्मेवारी मन्त्रीलाई दिनु भएको छ । समाजवादी पार्टी सरकारमा हुँदा लिएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार समेत सम्हाल्दै आउनु भएको थियो ।

तर, शुक्रबारबाट कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल र सहरी विकास मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गर्दै जिम्मेवारी प्रदान गरेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू