अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

‘ए’ डिभिजन लिग– शनिबारदेखि छैटौं चरणका खेल हुने

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:३७ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबारदेखि छैटौं चरणका खेलहरु सुरु हुँदैछन् । दशरथ रंगशालामा मध्याह्न १२ बजे मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबसित तथा दिउँसो ३ बजे मनाङ–मर्स्याङ्दी क्लबको भिडन्त हिमालयन शेर्पा क्लबसित हुनेछ ।

पाँचौं चरणको समाप्तिसम्म त्रिभुवन आर्मी क्लब १२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । ११ अंकको मनाङ दोस्रो, समान १० अंकबाट मच्छिन्द्र र थ्रीस्टार क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन् । पाँचौं स्थानको जावलाखेलको ९ तथा छैटौं स्थानको नेपाल पुलिस क्लबको ८ अंक छ ।

प्रतिक्रिया