अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

आज राति ’पेनम्ब्रल’ चन्द्रग्रहण लाग्दै

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:३६ मा प्रकाशित

शुक्रबार राति ’पेनम्ब्रल’ चन्द्रग्रहण लाग्ने खगोलविद्ले बताएका छन् । ग्रहण राति १० बजेर ५२ मिनेटमा सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्य हुने र राति २ बजेर ५७ मिनेटमा सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर ’पेनम्ब्रल’ चन्द्रग्रहण हो । यो ग्रहणको बेलाका तस्बिरको वैज्ञानिक परीक्षण गर्न वैज्ञानिकका लागि महत्पूर्ण हुने बताईन्छ ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा पर्दा पृथ्वीको छाँया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने आज चन्द्रग्रहण नलाग्ने दाबी गरेको छ । समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले समितिमा पनि यसबारेमा छलफल भएको तर आज चन्द्रग्रहण नलाग्ने निष्कर्ष निकालिएको बताउनु भयो ।

यो ग्रहण नाङ्गो आँखाले छुट्याउन नसकिने भएकाले पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा नगरिएको एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । सन् २०२० मा दुई वटा सूर्यग्रहण र चार वटा चन्द्रग्रहण लाग्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । जसमध्ये नेपालबाट चार वटा मात्रै देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू