अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

सुनको मूल्यमा सामान्य गिरावट

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:३४ मा प्रकाशित

पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ। बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला १ हजार रुपैयाँले सुनको मूल्य घटेको थियो।

आज छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ३ सय रुपैयाँ पुगेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला र ७५ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको थियो। यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ। बिहीबारको तुलनामा १५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रुपैयाँ पुगेको छ।

नेपालको इतिहासमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। महासङ्घले बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय रुपैयाँ निर्धारण गरेको थियो। सामान्य उतारचढावका बीच कारोबार भइरहेको सुनको मूल्य अमेरिका र इरानका बीचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू