अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:३२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा आज बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसारको निर्णय गरेको हो ।

नेकपाको सचिवालयले नाम वाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरूले आफ्नो फरक मत दर्ज गरेका छन् । दलको निर्णयपछि प्रदेशको नाम र राजधानीका विषयमा अब नेकपाले प्रदेशसभामा एउटा मात्र प्रस्ताव दर्ता गराउनेछ ।

नेकपा संसदीय दलका नेतासमेत रहनुभएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पार्टीको निर्देशनको उल्लङ्घन हुने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताउनुभयो । नेकपाभित्र ह्वीप लाउनुपर्ने अवस्था सिर्जना नहुने दाबी उहाँको छ । नेकपाभित्र प्रदेशको नामभन्दा राजधानीको विषयमा विवाद छ । प्रदेशसभामा नेकपा एक्लैको बहुमत छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू