अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५५ | Colorodo: 08:10

अमेरिकाले अष्ट्रेलियामा थप अग्निनियन्त्रक पठायो

बिआरटीनेपाल २०७६ पुष २४ गते ८:५० मा प्रकाशित

विनाशकारी आगो नियन्त्रणको लागि अमेरिकाको कोलोराडोबाट थप अग्निनियन्त्रकहरु अष्ट्रेलिया जाने भएका छन् । अमेरिकी बन सेवाले उनीहरुलाई आगलागी नियन्त्रणमा स्थानिय अग्निनियन्त्रकहरुलाई थप सहयोग उपलब्ध गराउन पठाउने निर्णय गरेको हो ।

अष्ट्रेलियामा जारी आगलागी नियन्त्रणका लागि १५९ जना अमेरिकी अग्निनियन्त्रकहरु यस अघि नै परिचालित छन् । अमेरिकाले पछिल्लो समय उनीहरुको सहयोगार्थ थप १ सय अग्निनियन्त्रकहरु पठाउन लागेको हो । उनीहरुमध्ये कोलोराडोका ८ जनाले १ महिनासम्म अष्ट्रेलियामा रही आगो नियन्त्रणमा सघाउने छन् । अमेरिकामा सन् २०१८ मा भएको आगलागीमा भएको अष्ट्रेलियन अग्निनियन्त्रकहरुको सहभागितालाई मध्यनजर गर्दै पारस्पारिक सहयोग अन्तरगत यो निर्णय गरिएको हो ।

अष्ट्रेलियामा जारी आगलागीमा परी हालसम्म २७ जनाको ज्यान गएको छ भने २ हजार भन्दा वढी घरहरु नष्ट भएका छन् । आगलागीबाट करोडौं जीवजन्तु मरेका छन् । आगो नियन्त्रणका लागि विभिन्न प्रयासहरु जारी रहेपनि ती प्रयास सफल हुन सकेका छैनन् ।

प्रतिक्रिया