अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

बेलायतका राजकुमार दम्पती ह्यारी र मेगन राजपरिवारका वरिष्ठ सदस्य नरहने

बिआरटीनेपाल २०७६ पुष २४ गते ८:३५ मा प्रकाशित

बेलायतकी महारानी एलिजावेथका नाति प्रिन्स ह्यारी र उहाँकी पत्नी राजकुमारी मेगन राजपरिवारका वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने भएका छन् । उहाँहरुले आफूलाई आर्थिक रुपले सबल र स्वतन्त्र बनाउन लागिपर्ने बताउनुभएको हो ।

‘ड्यूक तथा डचेज अफ सक्सेस’ ले यसबारेमा खुलासा गरेको हो । यस कुराले राजपरिवार दुखी भएका छन् । अब प्रिन्स ह्यारी र मेगनले बेलायत र उतर अमेरिकामा अबको जीवन बिताउने पनि उल्लेख गर्नुभएको छ । बीबीसीका अनुसार शाही जोडीले यो घोषणा पहिले राजपरिवारका कोही सदस्यसँग कुनै सरसल्लाह नगरी गरेका थिए । जसका कारण शाही परिवार अत्यन्तै दुखित छ । उनीहरुको यस फैसलाले राजपरिवार निराश भएको छ ।

बुधबार आफ्नो इन्स्टाग्राम पेजमा हैरी र मेगना दुवैले धेरै विचार विमर्शपछि आफूहरु यस फैसलामा पुगेको उल्लेख गर्नुभएको छ । उनीहरुले भनेका छन्, ‘हामी राजपरिवारको वरिष्ठ सदस्यको हैसियतबाट हट्न चाहान्छौं र आर्थिक रुपमा स्वतन्त्र र सबल हुनका लागि काम गर्न चाहान्छौं तर यसका साथसाथै महारानीलाई हाम्रो समर्थन रहिरहनेछ ।’

राजपरिवारका पुर्व प्रेस अधिकार डिक्की आर्बिटरका अनुसार यो फैसलाले थाहा हुन्छ प्रिन्स ह्यारीले दिमागको होइन दिलको कुरा सुनेका छन् । उनले ह्यारीको छोरा जन्मिँदा सञ्चार माध्यमले गरेको व्यवहारले यो फैसला गरेको हुनसक्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू