अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

ए डिभिजन लिग – आर्मी शीर्ष स्थानमा

बिआरटीनेपाल २०७६ पुष २४ गते ८:३४ मा प्रकाशित

त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुग्न सफल भएको छ । बिहीबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा पुछारको सरस्वती युथ क्लबमाथि १–० को जित निकाल्दै आर्मी शीर्ष स्थानमा पुगेको हो ।

आर्मीलाई जिताउन खेलको ३० औं मिनेटमा जजप्रिन्स कार्कीले निर्णायक गोल गरे । जितसँगै आर्मी पाँचौं चरणको समाप्तिपछि १२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब ११ अंकसहित दोस्रो स्थानमा झरेको छ । मच्छिन्द्र क्लब थ्रीस्टार क्लबलाई गोलअन्तरमा पछाडि पार्दै १० अंकका साथ तेस्रो स्थानमा रहेको छ । जावलाखेल युथ क्लब ९ अंकसहित पाँचौं तथा नेपाल पुलिस क्लब ८ अंकसहित छैटौं स्थानमा रहेको छ ।

बिहीबारै दशरथ रंगशालामा भएको पहिलो खेलमा संकटा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४–२ ले पराजित गरेको थियो । लिगअन्तर्गत् छैटौं चरणका खेलहरु आउँदो शनिबारदेखि हुनेछन् । छैटौं चरणका खेल पनि दशरथ रंगशालामै हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रतिक्रिया