अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 07:30

इरानमा विमान दुर्घटनामा परि एक सय ७० को मृत्यु

बिआरटीनेपाल २०७६ पुष २३ गते ८:२२ मा प्रकाशित

इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको मृत्यु भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो ।

विमानमा सवार सबैको मृत्यु भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ । प्रविधिक समस्याका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ सात सय ३७ विमान आज बिहान दुर्घटनाग्रस्त भएको हो ।

विमानमा इरानी सञ्चारमाध्यमले यसअघि एक सय ८० जना सवार रहेको बताएपनि पछि भने उक्त संख्या एक ७० रहेको पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू