अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

मुलुकभरको मौसममा बदली, शुक्रबारसम्म वर्षा र हिमपात हुने

बिआरटीनेपाल २०७६ पुष २३ गते ८:२१ मा प्रकाशित

पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि देशभरकै मौसममा बदलाब आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको जानकारी दिनुभएको छ ।

मुलुकको पश्चिम भाग हुँदै मौसमी प्रणाली भित्रिएको हो। दाङदेखि पश्चिमी भागमा भने बिहीबार बेलुकीदेखि नै मौसममा सुधार आउने महाशाखाको अनुमान छ । हिउँदमा पश्चिमी क्षेत्रबाट भित्रिने न्यून चापीय प्रणालीका कारण मौसममा बदलाब आउने गरेको छ। यस्तो प्रणाली हिउँदमा ५ पटकसम्म भित्रिन्छ। अहिले भित्रिएको प्रणाली दोस्रो पटक हो।

अर्को साता पनि यस्तो प्रणाली भित्रिने र मौसममा बदलाब आउने महाशाखाको अनुमान छ। मनसुन अवधिबाहेकको मौसमी प्रणाली पश्चिम वायुकै कारण भित्रिन्छ। मनसुन अवधिमा भने पूर्वी वायु सक्रिय हुन्छ। उच्च हिमाली भागमा बाक्लो हिमपात भएका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाले बाली लगाउन सहज हुने भएकाले किसान भने हर्षित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू