अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

१ सय २२ जना चिनियाँ नागरिक देश निकाला, दुईवटा विमानमा राखेर चीन पठाइयो

बिआरटीनेपाल २०७६ पुष २३ गते ८:२१ मा प्रकाशित

नेपालमा बसेर चीन विरुद्ध शंकास्पद गतिविधि गरेको अभियोगमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई नेपालले देश निकाला गरेको छ । उनीहरु सवैलाई आज चीनबाट आएका विशेष विमान मार्फत चीन पठाइएको हो । काठमाडौंका बिभिन्न बृतमा राखिएका उनीहरुलाई आज कडा सुरक्षा घेराबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याईएको थियो । त्यसपछि चीनबाट आएका दुई वटा विमानमा राखेर उनीहरुलाई चीन पठाइएको हो ।

अध्यागमन विभागले उनीहरुलाई चार वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउँदै देश निकाला गर्ने निर्णय गरेको थियो । नेपालमा बसेर चीनमा विभिन्न अपराधमा संलग्न भएको आरोपमा यही पुस ७ गते उनीहरु पक्राउ परेका थिए । पर्यटक भिसामा नेपाल आएका उनीहरु सवैसंग ट्राभल डकुमेन्ट समेत नरहेको खुलेको थियो ।

नेपाल प्रहरीको सीआइबीले उनीहरुलाई पक्राउ गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारमा सामान्य जरिवाना गर्दै अध्यागमन विभागलाई जिम्मा लगाएको थियो । सुरक्षा अधिकारीका अनुसार ताइवान, हङकङ, भियतनाम, कम्बोडियालगायतका देशमा बसेर चिनियाँहरुले चीन विरोधी गतिविधि गरेर चिनिया अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्याएको आरोप चीन सरकारले लगाउँदै आएको छ ।

चीन सरकारको आग्रहमा केन्या, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, थाइल्याण्ड, बर्मुडा, मलेसिया, फिलिपिन्स, अष्ट्रेलिया, कम्बोडिया र दक्षिण अमेरिकाबाट हजारौं चिनियाँहरु पक्राउ गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू