अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

दुर्गा प्रसाईले लगाएको आरोप निराधार, चरित्र हत्या गर्न खोजियो – डा.श्रीकृष्ण गिरी

बिआरटीनेपाल २०७६ पुष २३ गते ८:१९ मा प्रकाशित

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले वि एण्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले आफूमाथि निराधार आरोप लगाएको दाबी गर्नुभएको छ । प्रसाईले कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाए लगत्तै राजधानीमा बुधबार अपरान्ह पत्रकार सम्मेलन गर्दै गिरीले आफूमाथि कपोलकल्पित आरोप लगाएको बताउनुभयो । उहाँले विज्ञप्ती पनि सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या गर्न खोजेको बताउनुभयो ।

सम्बन्धन माग्न प्रसाई आयोगमा आएको स्वीकार्दै गिरीले चिकित्सा शिक्षा ऐनले तोकेका केही पनि कागजपत्र नभएकाले निवेदन नै दर्ता नगरी फर्काएको दाबी गर्नुभयो । सम्बन्धका लागि बि एण्ड सी कलेजको के के कागजपत्र अपुग थियो भन्ने जिज्ञासाको भने डा. गिरीले स्पष्ट जवाफ दिन भने सक्नुभएन । गिरीले प्रसाईं विरुद्ध कानुनी उपचारको बाटो खोज्ने चेतावनी पनि दिनुभएको छ ।

झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले डा.गिरीले २० करोड रुपैंयाँ घुस मागेको आरोप लगाउँदै बुधबार नै पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू